Kath Khabar
आज विश्व नारी दिवस मनाइदैं

काठमाडौं, फागुन २४ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

सन् १९७७ मा नै संयुक्त राष्ट्र संघले नारी दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरूलाई बोलाएर, आठ मार्चकै दिन प्रत्येक वर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिक रुपमा घोषणा गरे पश्चात विश्वव्यापी रुपमा आठ मार्चलाई नारी दिवसको रुपमा मनाउँदै आइएको छ ।

नारी दिवस सदियौँदेखि जाति बर्ग, समाजको, धर्म तथा संस्कार, नारीमाथि हुँदै आइरहेको बिभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन, हिंसा जस्ता लैंगिक बिभेद र अमानवीय व्यवहारहरू विरुद्धको आवाज हो । नतिजा स्वरूप लैंगिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरूमा भएको शोषण, दमन र विभेदमा विश्वब्यापीरुपमा उल्लेखनीय परिवर्तन आइरहेको देख्न सकिन्छ ।

संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भनी निर्णय गरेको वर्ष सन् १९०९ सम्ममा संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्यान्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र सीमित थियो । नेपालमा भने प्रजातन्त्र प्राप्तिसँगै सन् १९५० अर्थात् वि.सं. २००७ देखि नै प्राप्त भएको हो ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update