Kath Khabar
काठमाडौंलगायत तीन प्रदेशमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

                  काठमाडौं, साउन ४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।

हाल कोशी प्रदेश, मधेश प्रदेश,  बागमती  प्रदेश र गण्डकी प्रदेशको आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई  मेघ गर्जन चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ उक्त प्रणाली दक्षिण  पश्चिम दिशामा फैलिने क्रममा रहेकोले सो क्षेत्र आसपासको क्षेत्रमा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

आइतबार बिहान र दिउँसो काठमाडौंलगायत बागमती र गण्डकीमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

राती देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली  प्रदेश  र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update