Kath Khabar
विदेश जाने प्रयाेजनका लागि भन्दै खातामा रकम जम्मा गर्न लगाइ सम्पर्कबिहीन भएका तीनजना पक्राउ

                           काठमाडौं,  साउन ८ । विदेश जाने प्रयाेजनका लागि भन्दै खातामा रकम जम्मा गर्न लगाइ सम्पर्कबिहीन भएका तीनजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका २३ वर्षीय विशाल घिमिरे, काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर घर भएका २५ वर्षीय समिर सिंह र ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने सर्लाही कविलासी नगरपालिका-९ सल्यानपुर घर भएका २६ वर्षीय अशोक कुमार यादव रहेका छन् । 

अमेरीका जाने प्रयोजनका लागि बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख  रकम आवश्यक भएको बहाना बनाई पीडितहरूलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गर्न लगाई अन्य व्यक्तिहरूको बैंक खाताहरूमा स्थानान्तरण गरी/गराई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं गरेको हो । 

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update