मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्यो, ३ जना घाइते

मुग्लिङ, साउन ४ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ८० जिपी २९२८ नम्बरको कारमाथि ढुङ्गा खसेको हाे । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी जनाएको छ । कारमा पाँचजना सवार रहेको बताइएको छ । ढुंगा खस्दा गाडिको अगाडीको भागमा सामान्य क्षति पुगेको छ ।
उक्त क्षेत्रमा पहिरोको उच्च जोखिम भएकोले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक विभाग भरतपुरले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय