कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु
मंगलबार, वैशाख २६, २०८०

यस वर्ष ७७ वटै जिल्लामा समयमा नै पुगे नयाँ किताब
बुधबार, वैशाख १३, २०८०
शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै जिल्लामा पुस्तक पुगेको यो पहिलो पटक हो। ‘जनक शिक्षा सामग्री केन्द्रसँग जोडिएको १२ सय ६७ बिक्री केन्द्रले पुस्तक लगिसकेका छन्,ʼ उनले भने।

काठमाडौं महानगरपालिकाद्वारा माध्यमिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ
मंगलबार, वैशाख १२, २०८०
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयको माध्यामिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ । ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्यकला , काष्ठ कला, पाक कला लगाएत १० वटा क्षेत्र निर्धारण गरिएको छ ।

सूर्यविनायक नगरपालिकाद्वारा खुला प्रतिस्पर्धा मार्फत ३० प्रधानाध्यापक छनोट
आइतबार, वैशाख १०, २०८०
नगरपालिकाले सहभागी सबैको नतिजा उनीहरुले प्राप्त गरेको अंकको आधारमा (योग्यताक्रम) सार्वजनिक गरेको छ । सोही अंकको आधारमा अब प्रधानाध्यापक नियुक्ति हुने नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताए ।

सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान
शुक्रबार, वैशाख ८, २०८०
“हामीले नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाइ गर्ने भएका छौँ”, जोशीले भन्नुभयो, “अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।”

वैशाख १० गते हुने त्रिभुवन विश्वविद्यालयको परीक्षा सर्यो
शुक्रबार, वैशाख ८, २०८०
निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।
छोरीलाई पढाउने स्कुल खोज्दै कलाकार, कवि, तथा निर्देशक उपेन्द्र सुब्बा
बुधबार, वैशाख ६, २०८०
'यो बच्चालाई हामी पढाउन सक्दैनौँ । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनन्' भनेछन् । पहिला पनि जोशी सरले 'पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने' भन्दै आमा छोरी दुवै मसँग रोए ।

विद्यार्थी एनओसी विरुद्ध उत्रिए सडकमा
मंगलबार, वैशाख ५, २०८०
‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँबानेश्वर क्षेत्रमा विद्यार्थी सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका हुन्।

दरबार हाईस्कुलमा नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
शुक्रबार, चैत २४, २०७९
एसइई सामुदायिक विद्यालयबाट गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएकाले पनि पछिल्लो समय माथिल्लो कक्षामा विद्यार्थी सिट सङ्ख्याभन्दा बढी आउने गरेको यस विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले जानकारी दिनुभयो ।

मोरङका ३ परीक्षा केन्द्रबाट ११६ नक्कली एसइई परीक्षार्थी पक्राउ
बिहीबार, चैत २३, २०७९
सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन्।

एसइई परीक्षा बिहान ८ बजेदेखि देशभर एकसाथ सुरु
शुक्रबार, चैत १७, २०७९
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् । एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए ।

भोलिबाट शुरु हुन लागेको एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
बिहीबार, चैत १६, २०७९
एसइई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ ।

यसवर्षको एसईई भोलिदेखि सुरु
बिहीबार, चैत १६, २०७९
अङ्ग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याइ राष्ट्रिय परीक्षा बोर्डको छ।
साताको लोकप्रीय