Kath Khabar
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
सपना अधूरै छाडेर अस्ताए चुङ्बा उहाँले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गर्नुुभएको थियो । पारिवारिक स्रोतका अनुसार, उहाँले प्लेन टिकट पनि लिइसक्नुभएको थियो । यस यात्रालाई उहाँले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा उहाँले लिनुभएको थियो । तर उहाँ एक साताअघि अचानक बिरामी पर्नुभयो ।
आज भूकम्प सुरक्षा दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरी
आज भूकम्प सुरक्षा दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरी विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता फोनवार्तामा मन्त्री डा राणाले इजरायल सरकारले विपिनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गर्नुभएको थियो ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत हुनुहुन्थ्यो ।
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए । यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ ।
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ ।
उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत, साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो
उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत, साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ ।
बिपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता
बिपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता बिपी नेपालका पूर्वप्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति हुनुहुन्थ्यो । यसर्थ उहाँको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वासनमा रहेकाले बिपीले नेपाल आगमन हेतु त्यही समय किन रोजे भन्ने प्रश्न महत्वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको...
Weather Update