यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था
बुधबार, माघ २, २०८१
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना
बुधबार, माघ २, २०८१
ललितपुर महानगरपालिका–६ र वडा नं १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउनुहुन्छ ।
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
बुधबार, माघ २, २०८१
उहाँले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गर्नुुभएको थियो । पारिवारिक स्रोतका अनुसार, उहाँले प्लेन टिकट पनि लिइसक्नुभएको थियो । यस यात्रालाई उहाँले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा उहाँले लिनुभएको थियो । तर उहाँ एक साताअघि अचानक बिरामी पर्नुभयो ।
आज भूकम्प सुरक्षा दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरी
बुधबार, माघ २, २०८१
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग फोनवार्ता
मंगलबार, माघ १, २०८१
फोनवार्तामा मन्त्री डा राणाले इजरायल सरकारले विपिनसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गर्नुभएको थियो ।
लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
सोमबार, पुस २९, २०८१
“यो कठिन निर्णय हो र मलाई थाहा छ कि मेरा धेरै घटकहरू निराश छन्, तर सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता रहनुपर्छ,” उहाँले भन्नुभयो । गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ ।"
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
सोमबार, पुस २९, २०८१
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत हुनुहुन्थ्यो ।
लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो
आइतबार, पुस २८, २०८१
सहरभर फैलिएको आगलागीबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर्मीहरू र लाखौँ क्यालिफोर्नियाका बासिन्दाहरूको साहसको परीक्षा लिइरहेको छ ।
साताको लोकप्रीय
