Kath Khabar
संरक्षणको अभावमा खण्डहर बन्दै भोजपुरको टक्सार बजार
संरक्षणको अभावमा खण्डहर बन्दै भोजपुरको टक्सार बजार “यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरु बन्द हुँदै गएका छन्,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन् । मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन ।”
सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता
सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता आयोजनालाई अब सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्ने गरी बनाइएको वैकल्पिक ढाँचाका विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल गर्दै निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ । “हामी साँगा–धुलिखेल सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल गरिरहेका छौँ, आयोजना छलफलकै आधारमा उपयुक्त विकल्पमा जाने पनि तयारी...
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित नो केबलकार समूहहरूले गत मङ्गलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द गरेको थियो । आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला लिम्बूवान बन्दको घोषणा समेत गरेको छन् ।
नारायणघाट–बुटवल सडक विस्तारमा तीव्रता
नारायणघाट–बुटवल सडक विस्तारमा तीव्रता निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीनपटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रोपटक म्याद थप...
माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा
माबोद्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो ।
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विसं २०६७ सालदेखि सुरू भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो । सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराईसँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढोरपाटन तराईसँग जोडिनु सिङ्गो बागलुङवासीका लागि ठूलो अवसर पनि हो ।
Weather Update