Kath Khabar
गौशालामा बस अनियन्त्रित हुँदा सात सवारी एकआपसमा ठोक्किए, १५ जना घाइते

                        काठमाडौं, जेठ ७ । काठमाडौंको गौशालामा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका सात सवारी ठोकिएर दुर्घटना भएकाे छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् ।

ब्रेक फेल भएर अनियन्त्रित भएको बसले सडकमा गुडिरहेका कार, माइक्रोबस, मोटरसाइकल लगायत ७ वटा सवारीलाई ठक्कर दिएको थियो । बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस गौशालाबाट एयरपोर्टतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा क्षति पुगेका अन्य सवारी साधनहरूमध्ये एक हायस भ्यान बा ५ ख ७३१, तीनवटा कार बाप्र–०१–०२६च ८५७६, बीएसी ९७७३, बा १६ च ४४५२, दुईवटा मोटरसाइकल प्र–२–०१–००३प १००५ र बा ५१ प २२ तथा एक स्कुटर बाप्र–०२–०४६प ४८१९ रहेका छन्।

घाइतेहरु सबैको अवस्था सामान्य रहेको र अहिले केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।


 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update