
तनहुँ, जेठ ६ । तनहुँको डुम्रेमा बस र टिप्पर एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । तनहुँको यम्पाबाट डुम्रे आउँदै गरेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर र रुकुमबाट काठमाडौं जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस आज बिहान बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किदाँ सात जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेहरूमा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका- ७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिका-का ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका-४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै (गा.पा.नखुलेको) ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन् ।
दुर्घटनामा बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक तनहुँको भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी पनि घाइते भएका छन् । घाइते बस चालकको अवस्था गम्भीर छ । प्रहरीले बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको र डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको बताएको छ ।