
समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन शिक्षामन्त्रीको निर्देशन
बिहीबार, चैत १, २०८०
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गर्नुभएको थियो ।
धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु
बिहीबार, चैत १, २०८०
जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताउनुभयो ।
प्रतिनिधिसभा बैठकमा सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
बिहीबार, चैत १, २०८०
आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गर्नुभयो । उहाँहरुले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा सहभागी हुन नहुने तथा गोकर्णेश्वर नगरपालिकामा मेलम्चीको पानी सहज आपूर्तिको माग गर्नुभयो ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत १, २०८०
चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान
बिहीबार, चैत १, २०८०
भेडाबाख्राको ऊनलाई प्रशोधन गरेर चर्खाबाट धागो बनाई, तानमा बुनेर हाब्दुल, काम्लो, टोपी, स्विटरलगायतका सामान बनाउने गरिन्छ । परम्परागत पोसाक सँगसँगै पुख्र्यौली पेसाको रुपमा रहेको खानी खन्ने र घरायसी काममा प्रयोग गरिने कोर्को, डोको थुन्सेलगायतका सामानलाई समेत जर्गेना गर्न थालिएको स्थानीय जीतबहादुर छन्त्यालले बताउनुभयो ।
साताको लोकप्रीय