
कास्की, जेठ १५ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि भएको छ । जहाज जलिरहेको अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।
आज बिहान ९:५५ मा पोखराबाट उडेको उक्त तारा एयरको जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ जसमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए ।
विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरु :
चालक दल
क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल, एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु
बान्देकर वैसवी , इन्द्रबहादुर गोले, राजनकुमार गोले, पुरुषोत्तम गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर ।