Kath Khabar
मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

      काठमाडौं, जेठ १६ ।  देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङ र  हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानमा र बाँकी भू-भागका १/२ स्थानमा मेघ गर्जन-चट्याङ र हावाहुरि सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  मधेश प्रदेशका थोरै भू-भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका १/२ स्थानमा मेघ गर्जन-चट्याङ  र  हावाहुरि सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

मङ्गलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका १/२ स्थानमा मेघ गर्जन-चट्याङ र हावाहुरि सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update