Kath Khabar
बेलायत पुग्ने पहिलो नेपाली भक्तपुरका मोतीलाल

 


            काठमाडौं, जेठ १६ । आजभन्दा १७२ वर्ष अगाडि बि.सं. १९०७ को जेठ १६ गते लण्डनको सडकमा घुम्दै गरेका नेपालका श्री ३ जङ्गबहादुरले अचानक बाटोमा कुचो लगाउदै गरेका एक नेपालीलाई देखे । आफूलाई पहिलो पटक बेलायत पुगेको गर्व गर्दै उनि केवल दुई दिन अगाडि बेलायत पुगेका थिए । सबैको मान्यता यो थियो कि जंगबहादुर युरोप पुग्ने पहिलो नेपाली हुन् । तर त्यहाँ त पहिले नै एक नेपाली दुख पाएर सडकमा सफाइ गर्ने काम गरिरहेका भेटे ।

उनले तुरुन्तै उनलाई बोलाए र उनको बारेमा सोधखोज गरे । उनी भक्तपुरका मोतिलाल सिंह थिए । भक्तपुरमा जन्मेका उनी १९ वर्षको उमेरमा अंग्रेज नेपाल युद्धमा घाइते भएर अंग्रेज सेनाले उनलाई कब्जामा लिएका थिए । उसको बहादुरीबाट खुशी भएका अंग्रेज सैनिक अधिकारीले उनलाई बिएस. १८७१ मा गठन भएको 1st Gurkha Rifle मा सैनिकको रूपमा भर्ती गराइदिए ।

अंग्रेजी बोल्न सिकेका उनले पछि कलकत्तामा विवाह गरेर बालबच्चा पनि भयो । यसरी खुसीसाथ बसेका उनलाई एक दिन एक ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ बि.सं. १९०० तिर लण्डन पुगे । केही दिनमा भएको पैसा पनि चोरी भयो र लण्डनको सडकमा बेवारिस भए । उनी मागेर खाने र सेन्ट पल चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।

अचानक १९०७ जेठ १६ मा जंगबहादुरको नजर परेपछि जंगबहादुरले उनलाई उसको दुखद परिस्थितिबाट मात्र मुक्त मात्र गरेनन् । उनलाई आफ्नो यात्रा भरी दोभाषेको रूपमा साथ राखे । आफू जहाँ जहाँ गए सबै ठाउँमा सम्मान साथ लिएर गए । मोतिलाल सिंहले जंगबहादुरलाई महत्वपूर्ण ठाउँ मात्र घुमाइएलान्, त्यहाँको सविस्तार वर्णन पनि गरे । मोतिलाल जंगबहादुरका साथ पेरिस पनि पुगे तर जंगबहादुर नेपाल फर्कँदा उनि भने नेपाल फर्कन मानेनन्  ।

Sunil Ulak

 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update