काठमाडौं, जेठ १७ । कबड्डी-४’ की नायिकामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रिहा गर्न आदेश आएपछि उनी छुटेको प्रहरीले जानकारी दिएको छ। चलचित्र ‘कबड्डी-४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने भन्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको थियो ।
नायिका मिरुना मगरले फिल्म प्रमोशनको दिन आफूमाथि दुर्व्यवहार भएको भन्दै एक भिक्षु युवकलाई थप्पड हानेकी थिइन् । मुगु घर भएका २४ वर्षीय फुर्वा लामा नाम गरेका ति युवालाई नायिकाले मौखिक उजुरी दिएपछि प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’ को प्रदर्शन रोक्न पनि माग गर्दै फिल्मको पोष्टर समेत जलाएका थिए। उनले अभद्र व्यवहार नगरेको भन्दै लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए।