Kath Khabar
बुद्ध एअर जहाजको टायरमा समस्या देखिएपछि काठमाण्डौ फिर्ता

      काठमाडौं, जेठ १८।  बिहान १० बजेर ४३ मिनेटमा काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ ।

उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update