Kath Khabar
आजको सम्भावित मौसम



          काठमाडौं, जेठ २४ । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदशका थोरै स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम २८ र न्यूनतम २० डिग्री सेल्सियस छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update