Kath Khabar
काठमाडौंको धोबीखोलामा पुरुषको शव फेला

                 काठमाडौं, जेठ २४ ।  काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । सुकेधाराबाट कपनमा जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव आज बिहान फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोवीखोलामा डुबेको अवस्थामा अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव फेला परेको जानकारी दिनुभयो ।  स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेर उक्त शवको मुचुल्का उठाउने र शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो । त्यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएको प्रवक्ता मैनालीले बताउनुभयो ।
 

 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update