Kath Khabar
ललितपुरको सातदोबाटोमा एक व्यक्ति मृत अवस्थामा फेला

 
            ललितपुर, जेठ २५ । महानगरपालिका–१५ सातदोबाटो मोतिमार्ग डेरा गरी बस्ने रौतहट गढी गाउँपालिका–५ घर भएका ४३ वर्षीय भाग्यनारायण सहनी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सिरहाको भगवानपुर गाउँपालिका–१ कल्याणपुरस्थित बलान पुल मुनी खोला किनारमा सोही गाउँपालिका–५ लालपुर बस्ने देवनारायण पण्डितकी ६ महिनाकी छोरी भुल्ली पण्डित मंगलबार मृत अवस्थामा फेला परेकी छन् । देवनारायणकी श्रीमतीलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update