Kath Khabar
बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार


                  काठमाडौं, जेठ २५ । काठमाडौंको फोहोर विसर्जनमा सिसडोल डम्पिङसाइडका स्थानीयहरुले अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ। बुधबार स्थानीयले काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडामा फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

काठमाडौंबाट फोहोर फाल्न गएका दर्जनौ गाडिहरु बाटोमै रोकिएका छन् । हिजो पनि फोहोर फाल्न अवरोध गरेपछि प्रहरीले बलजफत गर्न परेको थियो । हिजोको घटनालाई पनि स्थानीयहरुले बहाना बनाएका छन् ।

अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन दुई सेल अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीको भनाई छ ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update