Kath Khabar
नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा



              चितवन, जेठ २७। नारायणगढ-मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो । ढुङ्गासहित खसेको पहिरोका कारण यो सडक खण्ड दुईतर्फी नै ठप्प भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ ।
    
सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update