Kath Khabar
रामानन्दाचार्य सेवा पीठमा कोभिड लक्षित विशेष कार्यक्रम

काठमाडौं, जेठ ७ । कोरोना संक्रमणलाई परास्त पार्न आवश्यक पर्ने मानसिक दृढता र शारीरिक सामर्थ्य बढाउन चतरास्थित जगतगुरु रामानन्दाचार्य सेवा पीठले १५ दिने विशेष कार्यक्रम गर्ने भएको छ ।

सामाजिक सञ्जाल र दृश्य सञ्जालको माध्यमबाट गरिने कार्यक्रममा निःशुल्क भाग लिन सकिने पीठले जनाएको छ । कार्यक्रम जेठ १० गतेबाट शुरु हुने र पीठका पीठाधीश समाधिसिद्ध महायोगी सिद्धबाबा जगतगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्यजी महाराजबाट सिद्ध महायोग र आहार-विहारको १५ दिने विशेष कार्यक्रम हुनलागेको पीठले जनाएको छ ।

पीठले कोरोनाको यौगिक उपचार पद्धति, दिनाचार्य, भोजनाचार्य र आत्मसंयमका अवधारणा सहितका कार्यक्रम पनि आफ्नो फेसबुक पेजमा राख्ने जनाएको छ । मानसिक दृढता र शारीरिक सामर्थ्य बढाउने कार्यक्रमले कोरोना महामारीबाट बढिभन्दा बढि मानिसलाई सुरक्षित राख्न मद्धत गर्ने पीठको भनाइ छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update