Kath Khabar
पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो
फाइल तस्विर

            मुग्लिन, जेठ २८। वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको  थियो । पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update