Kath Khabar
विद्युतका प्रसारण लाइनमा हिँड्ने व्यक्तिको सकुसल उद्धार



          काठमाडौँ, जेठ २८। नुवाकोटको ककनीस्थित विद्युत् प्रसारण लाइनमा हिँड्ने एक व्यक्तिको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

पोलबाट चढेर विद्युतको प्रसारण लाइनमा हिँड्ने र भुण्डिने गरेका ती व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का माइला भन्ने प्रेम विक रहेका खुल्न आएको छ । उक्त प्रशारण लाइन माथिल्लो त्रिशूली थ्री ए को हो । उनी पोलमा चढेको चाल पाएका स्थानीयले खबर गरेपछि विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् प्रसारण बन्द गरेका थिए । त्यसपछि ती व्यक्ति पोलबाट चढेर तारतारै हिँडिहेका दृष्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौँबाट हेलिकप्टरमा गएको सेनाको विशेष फौज बाहिनीबाट खटिएको तालिमप्राप्त टोलीले उनलाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । तारमा चढेको ८ घण्टापछि उनलाई उद्धार गरिएको हो  । प्रहरीका अनुसार उनी मानसिक रोगी भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको छ ।
 

 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update