सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु

काठमाडौँ, जेठ २८। काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका–४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको आफ्नै घरको पाँचौँ तलाबाट खसेर मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पानी भर्ने क्रममा चिप्लेर घरको छतबाट खसेका श्रेष्ठको उपचारका क्रममा शुभेच्छा अस्पताल सीतापाइलामा मृत्यु भएको जानकारी दिनुभयो ।
घरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता मैनालीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९ २२:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय