Kath Khabar
निहारिका राजपुतलाई न्याय दिलाउन माग

       काठमाडौं, असार २।  राष्ट्रिय सभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानिमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गर्नुभएको छ । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले निहारिका र उहाँको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठककमा सांसद मृगेन्द्र सिंह यादवले मधेसी महिला निहारिका राजपूत न्यायको खोजीमा भौतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जाओस भन्नुभयो । 

सांसद बिमला घिमिरेले बलत्कार पीडित भनिएकी युवती निहारिका न्यायका लागि आफ्ना  बालक सहित राजधानीमा अनसर बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद् भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठन माग गर्नुभयो । 

सांसद तुलसा कुमारी दाहालले मानवीय सेवामा तल्लीन रेडक्रस सोसाइटीलाई सरकारले हस्तक्षेप गर्न नहुने बताउनुभयो । सांसद भगवती न्यौपानेले चितवनमा हात्तीले आतङ्क मच्चाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।   

सांसद माया प्रसाद शर्माले  रोपाईँ गर्ने  समयमा किसानले किन रासायनिक मल पाएनन् भनी प्रश्न गर्नुभयो ।  सांसद सारदादेबी भट्टले वर्षा शुरु भएपछि वाढी पहिरोले धनजनको क्षति पुर्‍याउन  शुरु भएकाले यसको न्यूनीकरणका लागि समयमै सरकारको ध्यान जाओस भन्नुभयो । 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update