भक्तपुरको दुवाकोटमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला
भक्तपुर, असार २। भक्तपुरको चाँगुनारायण नगरपालिका-२ स्थित दुवाकोटमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
मृतक महिला ४५ वर्षीय कल्पना गुरुङ रहेको जानकारीमा आएको छ । मृतक गुरुङ आज बिहान साढे ६ बजे आफ्नै घरको बरन्डामा सलको पासोमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९ १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय