डुम्रे-बेँसीसहर खण्ड अवरुद्व

तनहुँ, असार ५ । भानु नगरपालिका-८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ ।
खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो । आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पुर्याएको थियो । साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ ०९:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय