Kath Khabar
भक्तपुरको सल्लाघारीका रुख जङ्गबहादुरका पालाको

          काठमाडौं, असार ५ । भक्तपुरको सल्लाघारीका रुख कति पुराना हुन् भनी अनुमान गर्न सक्नुहुन्छ ? वैज्ञानिक अनुसन्धानले ती सल्लाका रुख पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा रोपिएको प्रमाणित गरेको छ ।

वृक्ष चक्र विज्ञानबाट रुखको उमेर पत्ता लगाउने प्रविधि विश्वभरि नै प्रचलनमा छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का प्राज्ञ डा. दिनेशराज भुजूसहितको समूहले सो प्रविधि प्रयोग गरी उपत्यकाका सल्लामा अनुसन्धान गरेको छ ।

त्यस्तै सिंहदरबारस्थित बरफवागका सल्लाका रुख १९५७ सालमा रोपिएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यो बेला सिंहदरबारको निर्माण सुरु भइसकेको थिएन । नेपालका खोटो सल्लाका रुखको आयुबारे अनुसन्धान नभएको बताउँदै उहाँले भन्नुभयो, “ती कतिन्जेल बाँच्छन् यसै भन्न सकिँदैन ।”

रोपिएका रुख प्राकृतिक रूपमा उम्रिएकाजस्तो नभई, निश्चित दूरीमा हुन्छन् भने एकै उमेर र आकारका रुख हुने गर्छन् । सिंहदरबारभित्रको बरफवाग, थापाथलीको कुमारी मन्दिर, लैनचौरस्थित ब्रिटिस दूतावास, केशरमहल, चोभारलगायतका स्थानमा सल्ला रोपिएका थिए । उहाँले थापाथलीको कुमारी मन्दिरका सल्लाका रुख पनि जङ्गबहादुरकै पालामा अर्थात् १९३० सालमा रोपिएको बताउनुभयो ।

(गाेरखापत्र दैनिक)

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update