Kath Khabar
काठमाडौंबाट हराएका नाबालकको भारतको पटनाबाट उद्धार

        काठमाडौं, असार ५ ।  नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ । प्रहरी वृत्त बानेश्वरको टोलीले विसं २०७९ असार १ गते काठमाडौं महानगरपालिका - ३१ स्थित नगेन्द्र कान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्ष दिनेश राज मैनालीले क्रिकेट खेल्न जाने बाहनामा बुधबार काठमाडौंबाट हराएका रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरिएको जानकारी दिनुभयो । नाबालकका दाजु भरत रुवाली सार्कीले भाइ हराएको निवेदन दिएका आधारमा प्रहरीले भारतमा आइपिएस तालिम गरेका नेपाली प्रहरी र भारतीय प्रहरीको निरन्तर समन्वय र सहकार्यमा नाबालक नवीनलाई सकुसल उद्धार गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

भारतको गन्यापधुरा गाउँपालिका - १ घर भएका रुवालीलाई भारतको पटनास्थित रेल्वे स्टेशनबाट सकुशल उद्धार गरी काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update