उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
विज्ञप्तिमा उल्लेख छ : 'कार्यालय लगायत सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय तथा अन्य सङ्घसंस्थाहरू बन्द रहने यस सूचना द्वारा जानकारी गराइन्छ’

रुपन्देही, असार ५ । रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा पालिकामा सार्वजनिक बिदा दिइएको छ ।गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आज आइतवार गाडी दुर्घटना ज्यान गएकोले पालिकाभरि सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
‘रुपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आज गाडी दुर्घटनामा निधन भएकाले आज यस कार्यालय लगायत सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय तथा अन्य सङ्घसंस्थाहरू बन्द रहने यस सूचना द्वारा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय