Kath Khabar
मूल्यवृद्धि बिरुद्ध प्रदर्शन गर्ने क्रममा महिला नेतृ पोखरेल सहित ८ जना प्रहरी नियन्त्रणमा

        काठमाडौं, असार ७।  राजधानीस्थित पुरानो वानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धि बिरुद्ध सरकारी सवारी साधनमा अवरोध गर्दा  महिला नेतृ कुन्ती पोखरेल सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै मंगलबार बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै, पुरानो वानेश्वर चोकमा सरकारी सवारी साधनलाई अवरोध गरेको थियो । अवरोधका क्रममा केही बेर प्रहरी सँग तनाव भएको थियो। प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिई आवागमन सामान्य बनाएको छ ।

आन्दोलनको नेतृत्व गरेकी पोखरेलले भनिन् ‘सरकारले गरेको अस्वभावीक मूल्य वृद्धिको असर जनताले भोग्नुपर्ने हुन्छ । यो कुनै पनि हालतमा हामीलाई स्वीकार्य हुँदैन । मूल्य वृद्धिवीरुद्ध तत्काल फिर्ता नलिए हामी थप आन्दोलनका कार्यक्रम सहित अघि बढ्ने चेतावनी नेत्री कुन्ती पोखरेलले दिनुभएको छ ।  

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update