पोखरामा आज भूकम्पको धक्का महसुस

कास्की, असार ९। पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ३ः५७ मा कास्कीको धम्पुस केन्द्रबिन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ । भूकम्पको धक्का महसुसपछि मानिसहरू घर बाहिर निस्केका थिए।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९ ०९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय