
बेइजिङ, जेठ ९ । हरेक वर्ष संसारमा सयौँ मानिसले ज्यान सर्पडंसका कारण मृत्युवरण गरीरहेका हुन्छन् । अर्कातिर वातावरण मैत्रि सर्प मानिसको बस्तीमा पस्दा मानिसले मार्नुपर्ने बाध्यता पनि छ । तर सर्प मारेपछि पनि यसको उचित ब्यवस्थापन नगरे गंभिर दुर्घटना हुनसक्ने घटना चिनमा घटेको छ ।
यो चिनको रेस्टुँरामा भएको घटेको हो । चिनीयाँ जनताको लोकप्रिय भोजन विषालु सर्पको मासुको परिकार बनाउने रेस्टुँरामा गोमन सर्प काटेर त्यसको टाउको डस्टविनमा फाल्दा उक्त होटेलका कर्मचारीको अकालमा ज्यान गएको छ । अमेरीकाको राजधानी शहर स्थित अर्कानकास विश्वविद्यायलयका प्रोफेसर स्टिवन बाँपूरेले मरेको सर्पले डस्न सक्ने कुराको वैज्ञानिक कारण खुलाउँदै यसको पुस्टी गर्नुभएको छ ।
उहाँका अनुसार मरेको सर्प नजिक कुनै गतिविधि गर्दा सर्पको शरीरमा रहेको एक प्राकृतिक गुण जसलाई विद्युतिय चार्ज कर्ण भनिन्छ त्यसका कारण सर्पले डस्न सक्छ । यो कर्ण मृत सर्पको नसाको कोषमा घण्टौँ सम्म सक्रिय रहन्छ । जब मरेको सर्प नजिक कुनै प्राणी जान्छ तब उक्त कर्णका कारण उसको नसा खुल्छ र मस्तिस्कलाई जानकारी पठाउँछ त्यसपछि सर्पको मस्तिस्कले टाउको मोड्ने, घाँटी फुल्याउने वा कुनैपनि कार्य गर्न निर्दशित गर्दछ तब मरेको सर्पको मुखले डस्न पुग्छ ।
प्रोफेसर स्टिफन बाँपूरेका अनुसार गोमन र करेँत जस्ता विषालु सर्पका मस्तिस्कले मरेको घण्टौँपछि समयसम्म पनि खतरा महसुुस गरी टोक्न आदेश जारी गर्न सक्छ । उहाँले सर्प मात्रै नभएर चिसो रगत भएका सर्पहरुमा यस प्रकारको गुण रहने जानकारी दिनुभएको छ ।