पृथ्वीराजमार्ग पुनः अवरुद्ध
मुग्लिन, असार १२। पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका- ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो पञ्छाई २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।
सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।
(रासस)
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय