
चितवन, असार १२। चितवनको सौराहामा लामो समय जंगल सफारीका लागि प्रयोग भएको पोथी हात्ती काजलकलीको आइतबार निधन भएको छ ।
यसअघि काजलकली दुईपटकसम्म ढलेको थियो । औषधि उपचार गरेर काजलकलीलाई दुईपटकसम्म उठाइएको थियो । तेस्रोपटक असार २ गते ढलेको काजलकलीले अन्ततः संसार छाडेको छ ।
लगभग ७० वर्षको काजलकली हात्ती दाँत झरेको र पाचन प्रणालीले समेत काम गर्न छाडेपछि हात्ती कमजोर हुँदै गएर ढलेको सरकारी अधिकारीहरू दाबी गर्छन् ।
सौराहाका भेटेरेनरी प्रविधिक किरणराज रिजालका अनुसार पोष्टमार्टम गरेर हेर्दा भित्र त्यस्तो नराम्रो नदेखिएको र फोक्सो पनि ठिकै भएको बताउनुभयो । पानी खान समेत छाडेको हात्तीले शनिवारसम्म खुट्टा र सुँड चलाइरहेको थियो । पोष्टमार्टम गरेर हात्तीलाई ढलेको स्थानमा नै हिन्दु परम्परा अनुसार गाँडेर अत्येष्टि गरिएको छ।