Kath Khabar
खुल्यो डुम्रे-बेँसीशहर सडक



           लमजुङ, असार १४। बाढीपहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे-बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि डुम्रे-बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिराको जोखिम भने कायम रहेको उहाँको भनाइ छ । सो अवरुद्ध भागमा सडक एकतर्फ सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)

 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update