Kath Khabar
देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

         काठमाडौं, असार १९ ।  आज देशभर आंशिक देखि सामान्य बदली रहनाका साथै  धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने भएको छ ।  मनसुनी वायुको असरले देशभर आंशिक देखि सामान्य बदली रहने र  धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका १ वा २ स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने पनि विभागले जनाएको छ । 

वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन र  यातायात क्षेत्रमा समेत असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन  सबैमा अनुरोध गरिएको छ । रातको समयमा देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बागमती र गण्डकी प्रदेशका १ वा २ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.० डग्री र अधिकतम तापक्रम २८.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५.५ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस रहेको छ । 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update