Kath Khabar
बालुवाटारको सडकमा मकै बिक्री गर्दा महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता बस्नेतले गरे आर्थिक सहयोग


            काठमाडौं, असार १९। बालुवाटारको सडकमा मकै बिक्री गर्दा महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहन बहादुर बस्नेतले गरे आर्थिक सहयोग गर्नुभएको छ ।

पिडीत दम्पत्तिलाई नगद रु. ५१ हजार हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, 'गाडा नगरपालिकाले उठायो अब हामी के गरेर खाने, बालबच्चा पढाउन समस्या हुने भो भनेको कुरा हामीले सुन्यौ, त्यसैले हामीले मिलेर यो रकम दिने निर्णय गर्यौ, ताकी उहाँको बालबच्चाको पढाइ नबिग्रियोस् । अब गाडा किनेर उहाँलाई आफ्नो व्यवसाय गर्न सजिलो होस्, उहाँको बच्चाहरु पढाउन अप्ठ्यारो नपरोस् । तपाईहरु पनि सर्वसाधारण र सवारीलाई अप्ठ्यारो नपर्नेगरी व्यवसाय नगर्नुस् । अझै पनि केहि अप्ठ्यारो परेमा फेरी पनि मद्धत गर्नेछौं ।'

गत शुक्रबार बालुवाटारको सडकमा मकै पोलेर बेचेर बसेका दम्पत्तिलाई  काठमाडौं महानगरको नगर प्रहरीले लछारपछार पारेको समाचार बाहिर आएको थियो  ।

यता नगर प्रहरीले भने मकै बेच्ने दम्पतीमाथि थप कारबाही गर्ने बताएको छ। काठमाडौंका नगर प्रहरी प्रमुख धनपति सापकोटाले प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरूमाथि कारबाही गर्न लागिएको बताउनुभएको छ ।

सापकोटाले मकै बेच्ने दम्पत्तिले प्रहरीलाई अगुल्टो र तातो चिम्टाले हानेको र प्रहरीको लुगा समेत पोलिएको बताउनुभयो। नेपाल प्रहरीको सहयोगमा उनीहरूमाथि कारबाहीको प्रक्रियामा अघि बढाइने उहाँको भनाई छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update