Kath Khabar
काठमाडौंमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुईजना मृत अवस्थामा फेला


          काठमाडौं, असार २१ । काठमाडौं महानगरपालिका-१६ बालाजु पुल वारी सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोकिएर मंगलबार बिहान दुर्घटनामा हुँदा चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौंको दक्षिणकाली नगरपालिका-२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै बुढानीलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सविता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update