Kath Khabar
चट्याङले च्युरीबोट विद्युत्गृहमा क्षतिः ३७६ घरधुरी अन्धकारमा

         गलेश्वर, असार २२।  पश्चिम म्याग्दीका मालिका गाउँपालिका-४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुर्‍याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोट स्थित दाजुङ खोला लघु जलविद्युत्गृहमा क्षति पुर्‍याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

चट्याङले रु. ४ लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । ३० किलोवाट क्षमताको सो लघु जलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेन लगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

बगरफाँटमा बाढी पहिराको त्रास :

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँट गाउँ बाढी र पहिराको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो ।

विसं २०५७ देखि म्याग्दी नदीले बगर फाँटमा कटान गर्दै आएको छ । बगर फाँटमा २१४ परिवारको बसोबास छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन । बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update