Kath Khabar
गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राखेका आरोही शम्भू तामाङको निधन

          काठमाडौं, असार २३ ।  सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ । हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ ।

उनले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गरेका थिए । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका थिए । मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए । उनको उपचारमा आर्थिक अभाव भएको थियो। उपचारमा आर्थिक अभाव भएपछि राज्यबाट सहयोग मिलाइदिन आग्रह पनि भएको थियो।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update