Kath Khabar
काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



         काठमाडौं, असार २५। काठमाडौँको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश३–०२–००७प ९१९४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको आज मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update