Kath Khabar
२०३० सालमा सिंहदरबारमा लागेको त्यो भिषण आगलागी


           काठमाडौं, असार ३०। वि.सं. २०३० असार २५ गते नेपालको इतिहासमा भयावह आगलागीको घटना घटेको थियो । सिंहदरबारको प्रशासनिक भवनमा लागेको उक्त भयावह आगो विद्युत सर्ट भएर लागेको भनिन्छ । यस आगलागीमा कसैको हात छ कि भन्ने अड्कल काटिए पनि सरकारी छानविन टोलीले विद्युतको तार सर्ट भएर नै यो भयानक आगो लागेको भनिएको थियो ।

यस आगलागीले देशकै कतिपय महत्वपूर्ण परराष्ट्र मन्त्रालयका कागजपत्रहरू जलेर खरानी भयो । सरकारले यस घटनामा मृत्यु भएकाहरूको कुनै जानकारी दिएन । तर १२ जना सैनिक तथा अन्यको मृत्यु भएको भनिन्छ ।

सन् १९०४ सालमा चन्द्र शमशेरले व्यक्तिगत २५ लाख रूपैँया खर्च गरेर बनाएको यो भव्य दरबारमा १७ सय वटा कोठा थियो । यो घटनापछि त्यतिबेलाका प्रधानमन्त्री किर्तिनिधि बिष्टले राजा विरेन्द्रसामु आफू पदका बसिरहनु नैतिकताले नदिने भन्दै राजिनामा दिए । राजा विरेन्द्रले यो नस्विकारेता पनि उनले राजिनामा दिएरै छोडेका थिए ।

स्मरण रहोस् किर्तिनिधि विष्ट एउटा सच्चा राष्ट्रभक्त थिए जसले जहानियाँ राणा शासनविरुद्ध विसं २००७ सालको क्रान्तिमा महत्वपूर्ण योगदान दिएका थिए।

 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update