Kath Khabar
साप्ताहिक मौसम : अधिकांश भू-भागमा हल्का देखि मध्यम वर्षा

            काठमाडौं, असार ३०। आगामी साता देशभर आंशिक देखि सामान्य बदली रही अधिकांश भू-भागमा हल्का देखि मध्यम वर्षा हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान निकालेर आगामी साताभरि नै देशका हिमाली भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली भई अधिकांश भू-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार साताको सुरू र मध्यमा देशको हिमाली तथा पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना तथा साताको अन्त्यमा देशका पहाडी भू-भागका धेरै तथा हिमाली र तराईका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै साताको अन्त्यमा प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा तराई भू-भागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

त्यस्तै हिमाली भूभागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको र पहाडी तथा तराईका भू-भागमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर अधिकतम तापक्रम भने हल्का घट्ने सम्भावना रहेको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update