Kath Khabar
भक्तपुरको दुवाकोटमा घरभित्रै जलेको शव भेटियो



       भक्तपुर, असार ३२। घरभित्रै जलेको  शव भेटियोचाँगुनारायण नगरपालिका-२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ ।

आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
 

 

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update