Kath Khabar
राससकर्मी कृष्णआचार्य माथि कुटपिटको आरोपमा ७ पक्राउ
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र

             काठमाडौं, साउन १ ।  राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।

कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्द बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेम शङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् । पौडेल शुक्रबार राति नै पक्राउ परेका हुन् । उनीहरुलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

कार्यालय परिसर भित्रै मदिरा सेवन गरेर बसेका कर्मचारीले समाचार दाता आचार्यलाई कुटपिट गरी दुर्व्यवहार गरेका थिए । उहाँको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए । समूह नै मिलेर कुट्न थाले पछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको उहाँले बताउनुभयो । समाचारदाता आचार्यलाई ती कर्मचारीले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालय सम्म लखेट्दै लगेका थिए । उहाँलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोबाइल पनि नियन्त्रणमा लिएका थिए । 

(रासस)

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update