Kath Khabar
बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना

            काठमाडौं, साउन ४।  जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे बताएको छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू-भाग नजिक रहेकाले यी २ दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

उहाँका अनुसार उक्त प्रणालीको प्रभावले यी २ दिन देशभर सामान्य देखि पूर्ण बदली रही पहाडी भू-भागका धेरै स्थानमा र अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको बताएको छ ।

हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको १ वा २    स्थानमा भारी वर्षा भइरहेको छ । रातको समयमा देशभर सामान्य देखि पूर्ण बदली भई देशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री र अधिकतम् तापक्रम ३० दशमलव १ डिग्री सेल्सियस रहेको बताएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update