बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात बन्द
सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ । अहिले साना सवारी साधन आवत जावत भइरहे पनि ठूला सवारी साधन भने ठप्प छन्

बझाङ, साउन ४। बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा सडक कटान भइरहेको छ । अहिले साना सवारी साधन आवत जावत भइरहे पनि ठूला सवारी साधन भने ठप्प छन् ।
गत वर्ष असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले बगाएको उक्त सडक पुनःनिर्माणको काम नसकिँदै फेरि गए राति बगाएको हो । सडक बगाउँदा धनगढी, काठमाडौं लगायत ठाउँ जाने तथा जिल्ला भित्रने यातायातका साधन बाटोमै थन्किएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय