Kath Khabar
नेपालगञ्जका सडक जलमग्न, आवतजावत गर्न कठीनाइ

              नेपालगञ्ज, साउन ४।  बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् । उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा  रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिनुभयो । नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरेको थियो । 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update